Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

अर्थसंसार

मंगलबार, ०३ चैत्र २०७७, १७ : १२ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ ।  

बैंकले नयाँ  तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । 

बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालु पूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको