अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद सेयर सुरक्षित गर्ने आज (चैत्र ८ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि भाेलि चैत्र ९ गते, साेमबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गर्नेछ । त्यसैले आज (चैत्र ८ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ बराबर ०.५ को अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डबाट फागुन २५ गते, मंगलबार अनुमति पाएको छ ।
कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस