Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा वोमी लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा

नेप्से

आइतबार, ०८ चैत्र २०७७, १६ : १३ मा प्रकाशित

नेप्सेमा वोमी लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ ।

स्टकका अनुसार वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ५ लाख ७ हजार ४ सय २० कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, आज (चैत्र ८ गते, आइतबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

605722c506b64.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको