Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयद्धारा सभा सम्मेलन नगर्न आग्रह

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, १७ : ३४ मा प्रकाशित

कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयद्धारा सभा सम्मेलन नगर्न आग्रह

छिमेकी देशहरुमा केहि साता देखि कोरोना संक्रमितको संख्या बढिरहेकाले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।

आज मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै देशभर सभा,सम्मेलन,भेला,जमघट,गोष्ठि,बैठक,भिडभाड हुने व्यसायकार्यहरु नगर्नुहुन,सामाजिक भौतिक दुरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमद्धारा हस्ताक्षरित बिज्ञप्तिमा मन्त्रालयबाट बिगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरु पालना गरी कोभिढ १९ को संक्रमण नियन्त्रणमा सहयोग गर्न अनुरोध गरिएको छ ।   
 

605735e971a22.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको