Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको हकप्रद समायोजन,मूल्य कति ?

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, ०७ : २१ मा प्रकाशित

अरुण भ्यालीको हकप्रद समायोजन,मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे हकप्रदमा मूल्य समायाेजन भएकाे छ ।

कम्पनीकाे ५० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ४२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३ सय १३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6057f5db85a09.jpg

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि आज चैत्र ९ गते, साेमबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गर्नेछ । त्यसैले हिजाे (चैत्र ८ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर ०.५ को अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डबाट फागुन २५ गते, मंगलबार अनुमति पाएको छ ।  

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको