Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, ०८ : १९ मा प्रकाशित

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विभिन्न ३ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र ९ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र ९ गते, साेमबार) अन्तिम दिन हाे ।

१. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १० गतेदेखि चैत्र २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (चैत्र ९ गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे साेर्हाैँ वार्षिक साधारण सभा चैत्र २३ गते, साेमबार लैनचाैर ब्याङ्क्वेट, लैनचाैर, काठमाडाैँमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा बैंककाे फागुन १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

२. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १० गतेदेखि चैत्र २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (चैत्र ९ गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको १९ औँ वार्षिक साधारण सभा चैत २० गते चितवनको सौराहास्थित होटेल मोनालिसामा हुँदैछ। सभाले आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका  शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

३. महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १० गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (चैत्र ९ गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको आठौं वार्षिक सभा चैत्र २५ गते बुधबार संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा प्रिमियममा एफपिओ सेयर निष्काशन गर्ने सम्बन्धमा छलफल हुनेछ  । त्यस्तै सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्नेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको