Like us!
Follow us!
Connect us!
Watch us!

१५ अर्ब ३३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबाेल

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, १३ : २७ मा प्रकाशित

१५ अर्ब ३३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबाेल

नेपाल राष्ट्र बैंकले  १५ अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ९ अर्ब ३ करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असाेज ५ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल चैत्र ८ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (चैत्र ९ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भोलि (चैत्र १० गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

60584c222a51d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको