Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, ०८ : २३ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रिमियर इन्स्योरेन्स लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १० गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र ११ गतेदेखि चैत्र २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (चैत्र १० गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकाे २७ औं वार्षिक साधारण सभा चैत्र २३ गते, साेमबार कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको