Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तले १ करोड ३७ लाख बराबरको एफपिओ जारी गर्ने

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १० : ४१ मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तले १ करोड ३७ लाख बराबरको एफपिओ जारी गर्ने

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको छैटौं सभा होटल पौवा, रुपन्देहीमा चैत्र ३१ गते मंगलबार  बिहान १०:३० मा सुरु हुनेछ । 

सभामा बोनस सेयर बाँडफाँड पश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार बराबरको एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। 

त्यसैगरी, सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १७.८१०३८७२१ प्रतिशत बोनस सेयर  वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समूह  २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले  चैत्र १७ गतेसम्म  कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

605976c58a758.JPG 605976ccd24c3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको