Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पुँजी बजार अर्थतन्त्रको ऐना नभई बैंक तथा वित्तीय क्षेत्रको ऐना जस्तै भयो !

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १६ : ३७ मा प्रकाशित

नेपालको पुँजी बजार अर्थतन्त्रको ऐना नभई बैंक तथा वित्तीय क्षेत्रको ऐना जस्तै भयो !

नेपाल धितोपत्र बोर्डका कार्यकारी र्निदेशक निरज गिरीले नेपालको पुँजी बजार अर्थतन्त्रको ऐना नभई बैंक तथा वित्तीय क्षेत्रको ऐना जस्तै बनेको बताएका छन् । 

अहिले नेपालको सेयर बजारमा बैंक तथा वित्तीय क्षेत्रहरुका कम्पनीहरुको बाहुल्यता भएकाले नेपालको बजारलाई अर्थतन्त्रको ऐना भन्न सकिने अवस्था नभएको भन्दै उनले अब बजारमा रियल सेक्टरका कम्पनीहरुलाई प्रवेशका लागी प्रोत्साहन गर्नुपर्ने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को साप्ताहिक कार्यक्रम ‘आर्थिक संवाद’ मा बोल्दै उनले अहिले नेपालको सेयर बजारमा रियल सेक्टरका कम्पनीहरुको प्रवेशका लागि पनि नेपालमा पहिलोपटक बुक बिल्डिङ बिधिबाट आइपिओ जारी गर्न सकिने व्यबस्था लागु गरिएको बताएका हुन् । 

बुक बिल्डिङबाट जारी हुने आईपिओको ओपनिङ मूल्य कसरी र्निधारण गर्ने बिषय अहिले सम्मपनि र्निधारण भइनसकेको र यसका बारेमा बोर्डले अध्ययन गरिरहेको उनले बताए ।  

सेयर बजारमा सधै जोखिम कायम रहने भन्दै उनले बजारको जोखिम स्वयँम लगानीकर्ताहरुले बहन गर्नुूपर्ने भएकाले लगानीकर्ताहरुले राम्रोसंग अध्ययन गरेरमात्र बजारमा प्रबेश गर्नुपर्ने उनको सुझाव छ । 

धितोपत्र बोर्ड सेयर बजारको नियमनकारी निकायका साथ साथै सेयर बजारको विकासमा पनि भूमिका र्निवाह गर्ने निकाय पनि भएकाले अहिले धितोपत्रबोर्ड पुँजी बजारको बिकासका लागि लागिरहेको बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको