Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सले ल्यायो नागरिक लगानी कोषको सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, ११ चैत्र २०७७, १० : ५९ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सले ल्यायो नागरिक लगानी कोषको सेयर लिलामीमा, मूल्य कति ?

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे सेयर बिक्री गर्नका लागि गाेप्य शिलबन्दी बाेलपत्र आह्वान गरेकाे छ ।

कम्पनीले कोषको संस्थापक समूहकाे एक लाख ३ हजार ७ सय कित्ता सेयरहरू बाेलकबाेल प्रकृयाबाट बिक्री गर्न लागेकाे हाे । उक्त सेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता एक हजार ३ सय ५० रुपैयाँमा नघट्ने गरि निष्कासन सुरू भएकाे मिति अर्थात् आज (चैत्र ११ गते, बुधबार) बाट चैत्र १९ गते बिहीबारभित्र  शिलबन्दी बाेलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडाैँ र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे केन्द्रीय कार्यालाय, नक्साल, काठमाडाैँबाट बाेलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

605ac73354e0a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको