Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक स्टक डिलरले गर्नेछ यी ३९ कम्पनीको मात्र सेयर कारोबार

अर्थ संसार

बुधबार, ११ चैत्र २०७७, १२ : ५७ मा प्रकाशित

नागरिक स्टक डिलरले गर्नेछ यी ३९ कम्पनीको मात्र सेयर कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक डिलर कम्पनीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ ।

नेप्सेमा २ सय बढी कम्पनी सूचीकृत रहेकोमा नेप्सेले नागरिक स्टक डिलर कम्पनीका लागि कारोबार योग्य कम्पनीको सूचीमा ३९ वटा कम्पनी छनौट गरेको हो । 

जसमा २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, अन्य र होटल तथा पर्यटन समूहमा सूचीकृत १/१ कम्पनी मात्र छनौट भएका छन् ।

धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार स्टक डिलरको कारोबार योग्य कम्पनी लागि विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तिमा १० हजार नाघेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको हुनुपर्ने व्यवस्था रहेको छ ।त्यसैगरी, यस्ता कम्पनीहरुको विगत एक वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबारको भएको हुनेपर्नेछ ।

नेप्सेका अनुसार धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार कम्पनीको सूची तयार पारिएको हो ।  

स्टक डिलर कम्पनीका लागि कारोबार योग्य कम्पनीको सूची यसप्रकार छ :- 

605ae7d139e9b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको