नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई दिनका लागि धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरेको छ।
नेप्सेले जारी गरेको सूचनाअनुसार हालको विषम परिस्थिति र कारोबार सदस्य तथा लगानीकर्ताहरूबाट समेत कारोबार स्थगन गर्न अनुरोध आएको कारण मिति २०८२ भदौ २५ र २६ गते सम्पूर्ण कारोबार रोकिएको हो।
सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम दुई दिनका लागि कारोबार स्थगन गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस