Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

अर्थ संसार

विहीबार, १५ बैशाख २०७९, १५ : ०५ मा प्रकाशित

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । प्रिओपन सेसनमा ३.९९ अंकले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा झरेको छ । नेप्से परिसूचक ०.८४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा झरेको छ ।

कूल २२६ वटा कम्पनीको ४५ लाख ७४ हजार ५ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय ८ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् । बिहीबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह घटेको छ ।

आज आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ५ करोड २५ लाख ४९ हजार ६ सय ३ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ४२ रुपैयाँ ६० पैसा पुगेको छ । अघिल्लो कारोबार दिन पनि लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । 

त्यस्तै आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरमूल्य ३.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ३८ रुपैयाँमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको