Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्वीटी फण्डको ५९ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

अर्थ संसार

विहीबार, १२ चैत्र २०७७, ११ : ४१ मा प्रकाशित

सिद्धार्थ इक्वीटी फण्डको ५९ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले २०७७ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

फागुन मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ६ पैसा पुर्याएकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा २ पैसाले मात्र धेरै हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ४ पैसा रहेकाे थियो ।

त्यसैगरी, फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब ४० करोड ९४ लाख ८ हजार १ सय ४९ रुपैयाँ मात्र रहेकाे छ । उक्त लगानी माघ मसान्तकाे तुलनामा ८ करोड १२ लाख ५० हजार ३ सय १० रुपैयाँले थाेरै हाे । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ४९ करोड ६ लाख ५८ हजार ४ सय ५९ रुपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्वीटी फण्डले विभिन्न प्रकारका ५९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

605c240a63146.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको