Like us!
Follow us!
Connect us!
Watch us!

यी २ कम्पनीको वार्षिक सभा आज हुँदै, के-के छ एजेण्डा ?

अर्थ संसार

शनिबार, १४ चैत्र २०७७, ०८ : ३६ मा प्रकाशित

यी २ कम्पनीको वार्षिक सभा आज हुँदै, के-के छ एजेण्डा ?

आज (चैत १४ गते, शनिबार) २ वटा कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको वार्षिक सभा आज हुन् लागेको हो  । 

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड

सबैको लघुवित्तको वार्षिक सभा शनिबार मस्र्याङ्दी रिभर म्यु रिसोर्ट, बन्दिपुर, तनहुमा आज विहान ११ बजे सभा सुरु हुनेछ । सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  । 
सभाले लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसका साथै, लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 
सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सिर्जना फाइनान्स लिमिटेड

सिर्जना फाइनान्स लिमिटेडको  २०औं वार्षिक साधारण सभा उद्योग संगठनको सभाकक्ष, विराटनगरमा आज विहान ११ बजे सभा सुरु हुँदैछ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेबमोजिम १३.५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश समेत पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ ।  यसबुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको