Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल दुरसञ्चारले सोमबारबाट लाभांश पठाउने, तपाईँको खाता ठीक छ ?

अर्थ संसार

शनिबार, १४ चैत्र २०७७, १५ : ५५ मा प्रकाशित

नेपाल दुरसञ्चारले सोमबारबाट लाभांश पठाउने, तपाईँको खाता ठीक छ ?

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले चैत्र १६ गते, साेमबारबाट आफ्ना सेयरधनीहरूको हितग्राही खातामा लाभांश पठाउने भएकाे छ ।

कम्पनीले चैत्र १३ गते, शुक्रबार सम्पन्न भएकाे तेर्हाैँ वार्षिक साधारण सभाबाट पारित भए बमाेजिम प्रतिशेयर ४० रूपैयाँका दरले नगद लाभांश बुकक्लाेज हुँदासम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गरिदिन लागेकाे हाे ।

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

यसका साथै, आफ्नो सेयर धिताे राखेका सेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

कम्पनीकाे सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

605f06cb3434d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको