यस साता विभिन्न ६ वटा कम्पनीकाे साधारण सभा हुँदैछ । जसमध्ये, ४ वटा लघुवित्त कम्पनीहरू रहेका छन् भने २ वटा हाइड्राेपावर रहेका छन् ।
यस साता साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :
१. नेपाल हाइड्रो डेभलोपर लिमिटेड
नेपाल हाइड्रो डेभलोपर लिमिटेडकाे १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारण सभा चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडाैँमा दिउँसो ३ बजेबाट सुरू हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी, सभामा स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र ८ गतेदेखि चैत्र १८ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, चैत्र ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड
महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आठौँ वार्षिक साधारण सभा चैत्र १८ गते, बुधबार ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्नेछ। त्यसैगरी, संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १ गते एक दिनका लागि बुकक्लोज गरेको थियाे । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
४. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ औँ वार्षिक साधारण सभा चैत २० गते चितवनको सौराहास्थित होटेल मोनालिसामा हुँदैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। जसमध्ये १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेको छ। संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गरेकाे छ । त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
५. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे छैठाैँ वार्षिक साधारण सभा चैत २० गते शुक्रबार, होटल इस्टर्न प्यालेस, इटहरी-४ सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहित वासलात, नाफा-नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण, इक्वीटी भएको परिवर्तन सम्बन्धि विवरण र सम्बन्धित अनुसुचिहरुमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण गर्न लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । संस्थाले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन ।
६. युनाइटेड इदी मर्दी हाइड्रोपावर
युनाइटेड इदी मर्दी हाइड्रोपावर लिमिटेडकाे ११औँ वार्षिक साधारण सभा चैत २० गते शुक्रबार, होटल सांग्रिला भिलेज, पोखरामा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् । कम्पनीले साधारण सभा प्रयाेजनका लागि चैत ६ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, चैत ५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस