Like us!
Follow us!
Connect us!
Watch us!

एक बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, ०७ : ३३ मा प्रकाशित

एक बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विभिन्न ३ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १६ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

१. नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (चैत्र १६ गते, साेमबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे ७२औं वार्षिक साधारण सभा चैत्र २७ गते, शुक्रबार, एयरपाेर्ट हाेटेल, सिनामङ्गल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

२. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (चैत्र १६ गते, साेमबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।संस्थाकाे बार्हाैँ वार्षिक साधारण सभा चैत्र २९ गते, आइतबार हाेटल राजदरबार एण्ड नवरंग रिसाेर्ट, जनकपुरधाम, धनुषामा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६३१५७९ प्रतिशत नगद गरी कुल १२.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

३. ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (चैत्र १६ गते, साेमबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे आठौं वार्षिक साधारण सभा चैत २८ गते, शनिबार हुँदैछ । सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई  ३.८० प्रतिशत बोनस सेयर र  ०.२० नगद (कर प्रयाेजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको