Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्ला

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, १० : २५ मा प्रकाशित

भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्ला

भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स दिन आवेदन खुला गरेको छ । विभागले आगामी वैशाख ५ गतेसम्मको दरखास्त दिन सक्ने गरी आवेदन खुल्ला गरेको हो 
विभागले २० वर्षपछि नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई अघि बढाएको हो । 

विभागका अनुसार भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।  भन्सार एजेन्ट बन्नका लागि २१ वर्ष उमेर पुरा गरेको  भन्सार नियमावली २०६४ को अनुसूची ५ मा उल्लेख भएबमोजिम दरखास्त दिनुपर्नेछ ।  तीन हजार रुपैयाँ तिरेर आवश्यक काजजात अपलोड गरेर अनलाइनमार्फत दरखास्त दिन विभागले सबै इच्छुक उम्मेदवारलाई आव्हान गरेको छ ।  विभागले  लिखत र अन्तवार्ताअनुसार उम्मेदवार छनोट गर्नेछ । 

60615a62e8173.JPG 60615a6a53d1b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको