Like us!
Follow us!
Connect us!
Watch us!

२ महिनामा भित्रियो ४८६ वटा इभी गाडी, सरकारले उठायो ८० करोड ६७ लाख राजस्व

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १२ : १२ मा प्रकाशित

२ महिनामा भित्रियो ४८६ वटा इभी गाडी, सरकारले उठायो ८० करोड ६७ लाख राजस्व

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा कुल ४ सय ८६ वटा इभी गाडी आयात भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६९.६६ प्रतिशतले कम हो। अघिल्लो वर्ष साउन र भदौ महिनामा १ हजार ६ सय २ वटा इभी गाडी आयात भएका थिए।

भन्सार विभागद्वारा सार्वजनिक गरिएको पछिल्लो तथ्यांक अनुसार, चालु आवको भदौ महिनासम्म ५० किलोवाट क्षमताका ७३ वटा इभी गाडी नेपाल भित्रिएका छन्। त्यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ३ सय ७८ वटा इभी गाडी आयात भएका छन्।

यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका ३४ वटा इभी गाडी भित्रिएका छन् भने २०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताको १ वटा इभी नेपाल आयात गरिएको छ।

यी इभी गाडीहरु खरिद गर्न नेपाली व्यवसायीहरूले साउन र भदौ महिनामा मात्र १ अर्ब २७ करोड ८४ लाख २९ हजार रुपैयाँ विदेशी मुलुकमा खर्च गरेका छन्। सोही अवधिमा इभी गाडीको आयातबाट नेपाल सरकारले ८० करोड ६७ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको