Like us!
Follow us!
Connect us!
Watch us!

१० महिनामा देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १६ : ०२ मा प्रकाशित

१० महिनामा देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म (१० महिनामा) देशको कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले बढी हो। गत वर्ष सो अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो।

यो वर्षको १० महिनामा आयात र निर्यात दुबैमा वृद्धि देखिएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१२ प्रतिशत रहेको छ भने निर्यात १२.८८ प्रतिशत मात्र रहेको विभागले जनाएको छ। यो अवधिमा देशको व्यापार घाटा पनि उल्लेख्य रूपमा बढेको छ। वैशाख मसान्तसम्म व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ खर्ब ७ करोड १८ लाख रुपैयाँभन्दा धेरै हो।

विभागका अनुसार चालु वर्षको वैशाख मसान्तसम्म १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको तुलनामा १३.११ प्रतिशतले बढी हो। उता, निर्यातमा झनै ठूलो वृद्धि देखिएको छ। यस वर्ष वैशाख मसान्तसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको तुलनामा ७२.७१ प्रतिशतले वृद्धि हो।

समग्रमा, चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि भए तापनि व्यापार घाटा अझै गम्भीर चुनौतीको रूपमा देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको