Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिनामा आयात भयो ६०१ किलोग्राम सुन,१० अर्ब २५ करोड बाहिरियो

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, १५ : ५६ मा प्रकाशित

तीन महिनामा आयात भयो ६०१ किलोग्राम सुन,१० अर्ब २५ करोड बाहिरियो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ६०१ किलोग्राम सुन आयात भएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार साउनदेखि असोजसम्मको अवधिमा आयात भएको यो परिमाण गत वर्षको सोही अवधिभन्दा धेरै गुणा बढी हो।

गत आर्थिक वर्षको यही अवधिमा नेपालले जम्मा १०० किलोग्राम सुन आयात गरेको थियो। यस वर्ष भने सुन आयातमा करिब १० अर्ब २५ करोड रुपैयाँ बराबरको रकम देशबाट बाहिरिएको विभागको तथ्यांकले देखाउँछ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएसँगै नेपाली उपभोक्ता र लगानीकर्ताको आकर्षण पनि सुनतर्फ बढेको छ। माग वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा पनि बढाएको छ। पहिले दैनिक २० किलोग्रामसम्म मात्र आयात गर्न पाउने व्यवस्था अहिले बढाएर २५ किलोग्राम पुर्‍याइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको