Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, १० : ५४ मा प्रकाशित

चीनबाट ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं ल्याइएको छ । 

चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको चिनियाँ खोप आज विहान काठमाडौं ल्याइएको हो ।  उक्त खोप नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजबाट काठमाडौं ल्याइएको हो ।

चीनले अनुदानमा कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको थियो ।  त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन् ।

नेपाल एयरलाइन्सको विमानले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त खोप आज बिहान काठमाडौं ल्याएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको