Like us!
Follow us!
Connect us!
Watch us!

सर्व साधारणको पहुँच बाहिर सेयर बजार जानु हुँदैन

माधव पोखरेल 'गोज्याङ्ग्रे'

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, १५ : १८ मा प्रकाशित

सर्व साधारणको पहुँच बाहिर सेयर बजार जानु हुँदैन

नेपाली जनता न्युन आयआर्जन भएका विश्वका विकासोन्मुख मुलुकको गरीब नागरिक भएकोले सबै प्रकारका आर्थिक गतिविधिमा संलग्न हुन सक्दैनन । आर्थिक बजारमा अहिले विभिन्न संस्थाका सेयर कारोबारले गति लिइरहेका छन् । यो गतिमा केही पुँजीपति बर्गहरुको मात्र हालिमुहाली रहेको छ । यो हालिमुहालीलाई अन्त्य नगरेसम्म नेपाली जनताले सेयर बजारमा निर्धक्क भएर लगानी गर्न सक्ने अवस्था देखिदैन ।

किनभने नेपाली जनताका लागि न्युन पुँजीबजारको आवश्यकता हुन्छ । प्रतिकिता १०० दरको सेयर हाल्दा घटीमा १० किता र बढीमा ५० कित्तासम्म हाल्छन । पैसा हुनेले लाखौ कित्ता पनि हाल्छन । तर साँझबिहान छाक टार्न धौ धौ पर्ने नेपालीहरुका लागि यो सेयर बजार आकाशको फल आँखा तरी मर भने जस्तै भैरहेका पनि छ । 

निरपेक्ष गरिबीको रेखामुनि रहेका नेपाली नागरिकहरुलाई आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सेयर निस्कासनकर्ताहरुले यस विषयमा विशेष ध्यानदिनु पर्ने देखिन्छ । सेयर कारोबार एउटा निश्चित बर्गका लागि पहुँचमा हुने गरी निस्कासन गर्नुपर्ने अवस्था आएको छ । 

पुँजीपतिबर्ग झनझन धनी हुँदै जाने तर निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताहरु भने झनझन गरीब हुँदै जाने अवस्थालाई अन्त्य गर्नका लागि पनि सेयर बजारमा सुधार हुनु आवश्यक देखिएको छ । जो दिनभरी अरुको काम गरेर साँझ बिहानको छाक टारिरहेका छन जसको पाइला टेक्ने धर्ती छैन जो आकाशमुनिको बासमा रमाइरहेका छन उनीहरुका लागि पनि सेयर निस्कासनकर्ताहरुले एउटा निश्चित मापदण्ड बनाएर अघि बढनु पर्ने अवस्था आएको छ । 

यस्ता लक्षित बर्गलाई सेयर कारोबारमा संलग्न गराएर उनीहरुको आर्थिक अवस्था सुधारको बाटोमा लैजानकालागि भूमिकानिर्वाह गर्न सक्ने हो भने नेपालीहरु गरिबीको रेखाबाट माथि उठन सक्नेछन । हुन त अहिले नेपाली सेयर बजारमा लगानीकर्ताहरुको ओइरो लागेको देखिन्छ तर जसले केही आशाले सेयर बजारमालगानी गर्ने जमर्को गरेका छन उनीहरु निरास भएर हात खाली राख्न बाध्य भएका छन । कतिपयलाई सेयर बजारका बारेमा जानकारी नै हुँदैन । सेयर के हो ? कसरी भर्ने ? किन भर्ने ? कहिले भर्ने ? भन्ने बारेमा जानकारी नै छैन । 

संचार सुबिधाका नाममा हातमा मोबाइल त छ तर त्यो मोबाइल कतिपयका लागि खबर आदान प्रदान गर्ने माध्यमका रुपमा मात्र छ । खबर आदान प्रदान बाहेक मोबाइलबाट पाइने सुविधा के के हुनभन्ने बारेमा कतिपयलाई ज्ञान समेत छैन र चलाउन पनि नजान्ने अवस्थामा छन । हो यस्ता अनभिज्ञ नागरिकहरुलाई सेयर बजारका बारेमा कसरी शिक्षा दिन सकिन्छ र जति सक्दो धेरै गरिबीका रेखामुनि रहेकाहरुलाई सेयर बजारमा अटाउन सक्नु पर्छ । धितोपत्रबोर्डले यसकालागि एउटा निश्चित मापदण्ड तयार पारे अघि बढनु पर्ने आवश्यकता देखिएको छ ।

सेयर निस्कासन गर्दा सर्वसाधारणका लागि भनिन्छ तर सेयर कारोबारमा पुँजिपति बर्ग नै अघि सरेका हुन्छन । सेयर दलालहरुले निम्नआए भएका त्यस्ता गरीबहरुको आर्थिक शोषण गरिरहेका हुन्छन र गरिरहेका पनि छन । यो प्रकृयाको अन्त्य नभएसम्म निरपेक्ष गरिबीका रेखामुनि रहेका नेपाली नागरिकहरुले सेयर बजारमा पाइला राख्न पाउँदैनन । सर्व साधारण नागरिकले न्युनतमपनि दस किता सेयर पाउन सक्नु पर्छ । 

हाल १० कित्ता मात्र पनि भर्न पाइने सेयर अब धितोपत्र बोर्डले बढाएर न्युनतम ५० कित्ता भर्नुपर्ने बनाउदैछ भन्ने समाचार पनि बजारमा आएको छ । जुन सरासर गलत हो किनभने यो सामान्य नागरिकको पहुँच बाहिरको कुरा  हो । भनेको बेलामा सय रुपियाँ निकाल्न नसक्ने नागरिक छन यहाँ । उनीहरुलाई धनी बनाउने वा भनौ सेयर बजारमा प्रबेश गराउने परिस्थिति कसरी बनाउन सकिन्छ त्यो हिसाबले धितो पत्रबोर्डले काम गर्नु पर्दछ ।

सरकारले लागु गरेको प्रत्येक नेपाली नागरिकको नाममा बैंक खाता अनिवार्य गर्ने नीतिलाई सफल पार्न सरकारी तथा निजि क्षेत्रका बैंकहरुले सहयोग गर्ने हो भने यस कुरामा सफलता हात पार्न कुनै आइतबार पर्खि रहनु पर्दैन । अर्को तर्फ नागरिकहरुको खाता खोल्दा डिम्याट खाता पनि तत्कालै खोलि दिएर बैंकहरुले खाताधारी नागरिकहरुलाई सेयर बजारकाबारेमा जानकारी दिन एउटा अभियान समेत संचालन गर्न सकेको खण्डमा निरपेक्ष गरिबीको रेखाम्नि रहेका नागरिकहरुले केही राहत पाउन सक्ने छन भन्ने आशा गर्न सकिन्छ । 

यस विषयमा बैंकहरुको पनि बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले सरकारी तथा निजिक्षेत्रका बैंकहरुलाई परिपत्र गरेर बिपन्न बर्गका नागरिकहरुलाई सेयर बजार सम्बन्धी कार्यक्रम संचालन गर्न अनुरोध गर्नु पर्दछ । निजि क्षेत्रका बैंकहरुले पनि आमनागरिकका बिचमा गएर सेयर बजारका बारेमा जानकारी गराउँदै सेयर भर्नका लागि उत्प्रेरणा जगाउने कामलाई निरनतरता दिनु पर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको