Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनआईसी एशिया लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा

नेप्से

मंगलबार, १७ चैत्र २०७७, १६ : २१ मा प्रकाशित

नेप्सेमा एनआईसी एशिया लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ ।

स्टकका अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:०.९४ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २५ लाख ९४ हजार ४ सय कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, आज (चैत्र १७ गते, मंगलबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

60630078a41f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको