Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक स्टक डिलरले किन बेच्यो नबिलको सेयर ?

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, २१ : ५१ मा प्रकाशित

नागरिक स्टक डिलरले किन बेच्यो नबिलको सेयर ?

औपचारिक रुपमा शेयर कारोबार थालेको स्टक डिलर मंगलबार नबिल बैंकको ५००० कित्ता सेयर बिक्री गरेको छ । कम्पनीले सोमबार नयाँ नम्बर ५०१ ब्रोकर नम्बर लिएर कारोबार थालेको थियो । कम्पनीले मंगलबार १२३५ देखि १२४० रुपैयाँमा नबिल बैंकको सेयर बेचेको हो । उक्त कम्पनीले नबीलको सेयर ६१ लाख ८७ हजार ५ सय २० रुपैयाँमा बेचेको हो । कम्पनीले मंगलबार आरएसडिसी लघवित्तको ४७१ कित्तामात्र सेयर खरिद गरेको छ । उक्त सेयर ९०० रुपैयाँ प्रतिकित्ताले खरिद गरेको हो ।

नागरिक स्टक डिलरले ५०१ नम्बर ब्रोकरका रुपमा कारोबार सुरु गरेको नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए । नागरिक स्टक डिलरलाई सेयर कारोबार गर्न कुनै ब्रोकरकहाँ जानु पर्दैन, उनले भने, उसले छुट्टै ब्रोकरका रुपमा आफैंले सेयर खरिद बिक्री गर्न सक्छ ।

बजारमा अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्न स्टक डिलर कम्पनी खुलेको हो ।खुलेको भोलिपल्टै नबील बैंकको सेयर ठूलो परिणाममा बिक्री गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नागरिक स्टक डिलरले बजार निरंतर खटे ठूलो परिणाममा सेयर खरिद गरेर माग सिर्जना गर्ने र निरंतर मूल्य बढे बजारमा सेयरको आपूर्ती बढाएर मूल्य नियन्त्रण गर्न प्रयास गर्ने छ ।

स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ। सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ।

नेप्से सार्वजनिक सूचना प्रकाशित गर्दै नागरिक डिलर कम्पनीले सेयर कारोबार गर्न योग्य कम्पनीको नामावली सार्वजनिक गरेको थियो । नेप्सेले छनोट गरेका कम्पनीमा सूचीकृत भएका सबै २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, अन्य समूहको १ र होटल तथा पर्यटन समूहको १ गरी ३९ वटा योग्य कम्पनी रहेका छन् ।

विकास बैंक समूह अन्तर्गत एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छनोट भएका छन् । त्यसैगरी माइक्रोफाइनान्स समूहका ४ कम्पनीमध्ये छिमेक लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्था परेका छन् । त्यसैगरी, अन्य समूहको नेपाल दुरसञ्चार कम्पनी र होटल तथा पर्यटन समूहको तारागाउँ रिजेन्सी होटल कम्पनी छनोट भएका छन् ।

Kumari bank र Upaya city cargo बीच सम्झौता। हजारौं ड्राईभरलाई रोजगारी ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको