Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तले  एफपीओ निष्कासन गर्ने, कसलाई चुन्यो बिक्री प्रबन्धक ?

अर्थ संसार

विहीबार, १९ चैत्र २०७७, १० : ३६ मा प्रकाशित

किसान लघुवित्तले  एफपीओ निष्कासन गर्ने, कसलाई चुन्यो बिक्री प्रबन्धक ?

किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । संस्थाले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ  जारी गर्ने भएको हो ।

संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ ।

संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता-पत्रमा किसान लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको