Like us!
Follow us!
Connect us!
Watch us!

यी ३ कम्पनीको वार्षिक सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, १० : २८ मा प्रकाशित

यी ३ कम्पनीको वार्षिक सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेण्डा

आज (चैत २० गते, शुक्रबार) ३ कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त र युनाइटेड इदी मर्दी हाइड्रोपावरको वार्षिक सभा आज हुन लागेको हो । 

के-के छन् पारित हुने एजेण्डा ? 
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ औँ वार्षिक साधारण सभा आज (चैत २० गते) चितवनको सौराहास्थित होटेल मोनालिसामा हुँदैछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। जसमध्ये १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेको छ। संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गरेकाे छ ।  त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे छैठाैँ वार्षिक साधारण सभा आज (चैत २० गते शुक्रबार) हुँदैछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहित वासलात, नाफा-नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण, इक्वीटी भएको परिवर्तन सम्बन्धि विवरण र सम्बन्धित अनुसुचिहरुमाथि छलफल गरी पारित गरिनेछ  । त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण गर्न लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ  । संस्थाले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन ।

युनाइटेड इदी मर्दी हाइड्रोपावर
युनाइटेड इदी मर्दी हाइड्रोपावर लिमिटेडकाे ११औँ वार्षिक साधारण आज (सभा चैत २० गते शुक्रबार) हुँदैछ। कम्पनीले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् । कम्पनीले साधारण सभा प्रयाेजनका लागि चैत ६ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, चैत ५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको