Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकले फेरी ल्यायो २ कम्पनीको सेयर लिलामीमा

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १२ : ४६ मा प्रकाशित

एनआईसी एसिया बैंकले फेरी ल्यायो २ कम्पनीको सेयर लिलामीमा

पटकपटक बिक्रीमा राख्दा पनि नबिकेपछी एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक सेयर पुन: लिलामीमा राखेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषमा रहेको १ लाख ५ हजार ८६६ कित्ता कित्ता संस्थापक सेयर आज (सोमबार)बाट लिलामीमा राखेको हो । जसमा नेसनल लाइफको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेका छन्।

उक्त सेयरहरु खरिद गर्न प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन्।

प्रतिकित्ता मूल्य कति ?
नेसनल लाइफको न्यूनतम मूल्य प्रतिकित्ता ४६६ रुपैयाँ र नागरिक लगानी कोषको १ हजार ५२९ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले आज चैत २३ गते सोमबारबाट चैत ३१ गतेसम्म आवेदन पेश गर्न सक्नेछन्। 

कहाँ-कहाँबाट दिने आवेदन ?
बोलपत्र काठमाडौंको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल र एनआईसी एसिया बैंकको काठमाडौंको थापाथलीस्थित कर्पोरेट टावर तथा शाखाहरु विराटनगर, वीरगनज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

606ab67c8bd5a.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको