Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, कसलाई चुन्यो बिक्री प्रबन्धक ?

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १७ : २५ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, कसलाई चुन्यो बिक्री प्रबन्धक ?

मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १ अर्ब २५ करोड बराबरको ऋणपत्र सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

बैंकले प्रतिकित्ता एक हजार अंकित मूल्यका १२ लाख ५० हजार कित्ताले हुन आउने .१ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैछ । जसमध्ये ७ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल  ७५ करोड रुपैयाँ ऋणपूँजी रकम व्यक्तिगततवरबाट बिक्री गर्नेछ  । त्यस्तै, ५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ५० करोड रुपैयाँ ऋणपूँजी रकममध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन गर्नेछ छ । 

सानिमा क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रवन्धक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभुति सेवा तथा लगानी व्यवस्थापन सेवा र सामुहिक लगानी कोष संचालन गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको