धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता ३६० रूपैयाँमा भएकाे छ । कम्पनीकाे ९० कित्ता सेयर प्रति कित्ता ३६० रूपैयाँमा भएकाे हाे ।
मंगलबार कम्पनीकाे २ करोड २० लाख कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १२० रूपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।
कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका JLI संकेत प्रदान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस