Like us!
Follow us!
Connect us!
Watch us!

फोर्ब्सको अर्बपति सूचीमा विनोद चौधरीको स्थान घट्दो

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १६ : २५ मा प्रकाशित

फोर्ब्सको अर्बपति सूचीमा विनोद चौधरीको स्थान घट्दो

अरबपति विनोद चौधरी फोर्ब्सको अर्बपति सूचीबाट तल झरेका छन् ।   फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी अरबपति सूचीबाट तल झरेका हुन्   ।

फोर्ब्सले सार्वजनिक गरेको धनाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा छन्। उनी अघिल्लो वर्ष १५१३ स्थानमा रहेका थिए । विश्वव्यापी महामारी कोरोना भाइरसका उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुननसक्दा उनको स्थान यो पटक खस्किएको हो।

दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ। सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो। सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो। तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको