Like us!
Follow us!
Connect us!
Watch us!

विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब रुपैयाँ पुग्यो

अर्थ संसार

बुधबार, २७ फागुन २०८२, १० : ५९ मा प्रकाशित

विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब रुपैयाँ पुग्यो

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी विश्वकै १९८२औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरी कुल २ अर्ब १० कराेड डलर सहित सो स्थानमा रहन सफल भएका हुन् । नेपाली मुद्रामा यो रकम करिब ३ खर्ब २ अर्ब रुपैयाँ बराबर हुन्छ।

सन् २०२५ मा सार्वजनिक गरिएको सूचीमा चौधरी १७६३ औँ स्थानमा रहेका थिए। त्यतिबेला उनको सम्पत्ति करिब २ अर्ब अमेरिकी डलर हाराहारीमा रहेको उल्लेख गरिएको थियो। पछिल्लो एक वर्षको अवधिमा मात्रै उनको सम्पत्ति करिब १० करोड अमेरिकी डलरले बढेको देखिन्छ।  फोर्ब्सले सार्वजनिक गरेको विवरणअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रहरूमध्ये भारत बाहेक अर्बपति सूचीमा पर्ने व्यक्ति चौधरी मात्र रहेका छन्। यसले नेपालबाट विश्व अर्बपति सूचीमा निरन्तर उपस्थिति जनाइरहेका एकमात्र उद्यमीका रूपमा उनको पहिचान कायम रहेको देखाउँछ।

फोर्ब्सको पछिल्लो सूचीमा पहिलो स्थानमा अमेरिकी उद्यमी एलन मक्स रहेका छन्। उनको कुल सम्पत्ति करिब ८३९ अर्ब अमेरिकी डलर रहेको उल्लेख गरिएको छ। दोस्रो स्थानमा अमेरिकी प्रविधि उद्यमी ल्यारी पेज रहेका छन्। सूचीमा सबैभन्दा धेरै अर्बपति संयुक्त राज्य अमेरिका, चीन र भारतका रहेको पनि फोर्ब्सले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको