Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँडको मिति र स्थान तोकियो

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, १४ : २९ मा प्रकाशित

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँडको मिति र स्थान तोकियो

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको आईपीओ शुत्रक्रबार  बाँडफाँड हुने भएको छ । शुक्रबार विहान ११ बजे आईपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा हुने भएको छ ।  

आईपीओको प्रि अलोटमेन्ट आज (बुधबार) हुँदैछ । कम्पनीको आईपीओमा  १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ  बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ९ दशमलव ३४ गुणा बढी हो  ।  

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ  । 

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा चैत्र ६ गतेदेखि चैत्र १०सम्म  २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको