Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको आईपीओ रिजल्ट यसरी हेर्नुहोस्

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, १६ : २१ मा प्रकाशित

सिंगटी हाइड्रोको आईपीओ रिजल्ट यसरी हेर्नुहोस्

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको साधारण सेयर (आईपीओ) आज (शुक्रबार) बाँडफाँड भएको छ । कम्पनीको आईपीओ आज  विहान ११ बजे  बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड भएको हो । 

बाँडफाँड ११ बजे नै सम्पन्न भएपनि नतिजा भने ढिला हेर्न केहि ढिलाई भएको छ । आईपीओको नतिजा मेरो सेयरमा अपडेट गर्न  समय लागेकोले हेर्न समय लागेको हो ।  अब लगानीकर्ताले रिजल्ट हेर्न सक्नेछन् ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँड  गरिएको  छ । गोलाप्रथाबाट वितरण गर्दा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जनाको हात खाली भएको छ  । 
  
कम्पनीकाे आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियाे । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए । 

कसरी हेर्ने नतिजा ?
कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड र सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।
यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको