Like us!
Follow us!
Connect us!
Watch us!

यी ३ कम्पनीको साधारण सभा आज, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

शनिबार, २८ चैत्र २०७७, ०८ : १३ मा प्रकाशित

यी ३ कम्पनीको साधारण सभा आज, यस्ता छन् पारित हुने एजेण्डा

आज (चैत्र २८ गते, शनिबार) विभिन्न ३ वटा कम्पनीकाे साधारण सभा हुँदैछ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र जानकी फाइनान्स लिमिटेडकाे साधारण सभा आज (चैत्र २८ गते, शनिबार) हुन लागेकाे हाे ।

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा चैत २८ गते, शनिबार होटल बाराही पोखरा कास्कीमा बिहान ११ बजेबाट हुँदैछ । सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई  ३.८० प्रतिशत बोनस सेयर र  ०.२० नगद (कर प्रयाेजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारणसभा प्रयोजन तथा लाभांश वितरणको लागि चैत १७ गते बुकक्लोज गरेकाे छ । त्यसैले चैत १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडकाे तेर्हौं वार्षिक साधारण सभा आज चैत २८ गते  शनिबार जीवन विकास समाज, कटहरी, मोरङमा बिहान १०:३० बजे सुरु हुनेछ । सभामा संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित  वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने सम्बन्धमा छलफल गरी पारित गरिनेछ ।त्यसैगरी, लेखापरीक्षण समिति तथा संचालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण पनि गरिनेछ ।सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने १ जना महिला संचालकको निर्वाचन गर्ने सम्बन्धमा पनि सभाले छलफल गर्नेछ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड तथा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न आवश्यक भएमा संचालक समितिले नै सम्पूर्ण प्रक्रिया अबलम्बन गरी कार्य अगाडी बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी गर्ने सम्बन्धमा पनि छलफल गरिनेछ ।

जानकी फाइनान्स लिमिटेडको २४औं वार्षिक सभा चैत २८ गते गायत्री कुञ्ज, अतिथि सदन, जानकी चोक, जनकपुरधाममा बिहान १० बजे सुरु हुनेछ  । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहतिको वित्तीय विवरणमाथि छलफल गरी पारित गरीनेछ । यस वर्ष संस्थाका सेयरधनीहरुको भने हात खालि हुने भएको छ । साधारण सभा प्रयोजनको लागि फाइनान्सले चैत १८ गतेदेखि २८ गतेसम्म बुकक्लोज गरेको छ। यस अनुसार चैत १७ गते मंगलबारसम्म कायम शेयरधनीहरु मात्रै साधारण सभामा सहभागी हुन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको