Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप ५३४ संक्रमित थपिए, स्वास्थ्य आपतकालीन केन्द्रले निकाल्यो जरुरी सूचना !

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, १७ : २५ मा प्रकाशित

नेपालमा थप ५३४ संक्रमित थपिए, स्वास्थ्य आपतकालीन केन्द्रले निकाल्यो जरुरी सूचना !

नेपाल कोरोना संक्रमणको जोखिम बढेको छ । पछिल्लो समय दैनिक ५ सयभन्दा बढी संक्रमित फेला पर्न थालेको छ । बितेको २४ घण्टामा नेपालमा ५ सय  ३४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ लाख ८२ हजार ५४ जना पुगेका छ । यस्तै बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ भने १ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमण जोखिम बढेसँगै स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना भाइरसको संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा राखेको छ  ।

 मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । 

अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल लगायत क्षेत्रमा भीडभाड नगर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले अन्यन्त जरुरी सूचना प्रकाशन गर्दै यस्तो अपिल गरेको हो  ।

607826637304d.jpg 60782666e471f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको