Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले ल्यायो ईआरपी प्रणाली कार्यान्वयनमा

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, १० : ०९ मा प्रकाशित

नेपाल आयल निगमले ल्यायो ईआरपी प्रणाली कार्यान्वयनमा

नेपाल आयल निगमले आज(वैशाख ३) देखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली कार्यान्वयनमा ल्याएको छ । सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम सकिएर निगमले डिजिटल युगमा प्रवेश गर्ने पहिलो खुड्किलो उक्लिएको हो ।

वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष (साउन १)देखि ईआरपी पूर्ण रूपमा कार्यान्वयन गरिने निगमले जानकारी दिएको छ ।निगमले करिब २५ करोड रुपैयाँ लगानीमा प्रणाली विकास गरेको हो । प्रणाली विकासको जिम्मा नियोटेरिड नियो सफ्टवेयरले पाएको थियो ।

संसार सूचना प्रविधिको युगमा छ । ईआरपी एकीकृत सूचना प्रणाली भएकाले कमजोरी औंल्याउनेछ । यसले रोग लाग्न सक्ने संकेत दिन्छ र संयमता अपनाउन सकिन्छ । यसको माध्यमबाट निगमको एउटा कार्यालयमा प्राप्त सूचना पुरै निगम प्रणालीमा पुग्छ ।

उदाहरणका लागि, भन्सार विन्दुमा बिल काटेपछि लेखामा जानकारी पुग्छ । ईआरपीले रियल टाइममा सूचना प्रवाह गराउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको