आफ्नो २ महिना कार्यकाल बाँकि रहदै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले पदबाट राजिनामा दिएका छन् ।
बोर्डमा राजीनामा बुझाएका सीईओ गुरुङलाई बैंक सञ्चालक समितिले भने थप एक कार्यकाल बैंकमा रहन अनुरोध गरेको छ । गुरुङले बैशाख १७ गतेसम्म मात्रै बैंकका रहने गरी चैत १ गते नै राजीनामा बुझाएका हुन् ।
अहिले बैंले राम्रो प्रगती गरिरहेको भन्दै सञ्चालक समितीले भने गुरुङलाई थप एक कार्यकाल बैंकमै रहन अनुरोध गरेता पनि गुरुङ भने बैंकमै रहने मनस्थितीमा नरहेको स्रोतले बतायो । गुरुङले विदेशी बैंकमा राम्रो अवसर पाएकाले सिभिल छोड्न लागेको बताईएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस