Like us!
Follow us!
Connect us!
Watch us!

नौ महिनामै अजोड इन्स्योरेन्सको  ‘एग्रेसिभ ग्रोथ’ एक अर्ब बढी

अर्थ संसार

शनिबार, ०४ बैशाख २०७८, ०७ : ४८ मा प्रकाशित

नौ महिनामै अजोड इन्स्योरेन्सको  ‘एग्रेसिभ ग्रोथ’ एक अर्ब बढी

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (पहिलो नौ महिना) मा अजोड इन्स्योरेन्स कम्पनीले एक अर्ब रुपैयाँ भन्दा बढि बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले उक्त अवधिमा एक लाखभन्दा बढि बीमितमार्फत सो शुल्क संकलन गरेको हो ।

अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले सामाजिक सञ्जालमार्फत कम्पनीको प्रगति सार्वजनिक गरेका छन् । यस प्रगतिका लागि उनले आफ्ना ग्राहक, सञ्चालक समिति सदस्य, शेयरधनी, नियमनकारी निकाय, बीमा अभिकर्ता तथा कर्मचारीहरूलाई धन्यवाद पनि दिएका छन् ।

अजोड इन्स्योरेन्सले आगामी दिनमा समेत बीमितबाट यस किसिमको साथ र सहयोगको आशा एवं विश्वास लिएको बताएका छन् ।   ‘एग्रेसिभ ग्रोथ’ एक अर्ब बढी बीमा शुल्क आर्जन गरेको अवसरमा कार्यालयमा केट काटेर  खुसीयाली मनाएका छन् । 

607a4321cee44.jpg 607a4325c3e7d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको