Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको मुनाफामा छलाङ्ग, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, ०६ : ५६ मा प्रकाशित

कामना सेवा विकास बैंकको मुनाफामा छलाङ्ग, प्रतिसेयर आम्दानी कति ?

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज आइतबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि ब्यापक बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो २५.७३ प्रतिशतले बढेर १ अर्ब ७ करोड पुगेको छ । बैंकको सञ्चालन मुनाफामा पनि ब्यापक बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा बैंकले ३० करोड ६३ लाख कमाएको थियो भने यो बर्ष बैंकले ५९ करोड ९७ लाख रुपैया कमाएको छ ।

बैकको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत ब्यापक बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैया ३१ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर २९ रुपैयाँ ४७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात(पिई रेसियो) ११.९४ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ३५ पैसा रहेको छ।

सेयर बजारमा जोखिम बढ्यो,लगानीकर्ताले कुन बेला घट्छ अनि प्रवेश गर्ने भनेर सोच्नुपर्छ |Pallabraj Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको