Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिको फन्दामा सेयरका खेलाडी अग्रवाल !

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, ०८ : २८ मा प्रकाशित

बीमा समितिको फन्दामा सेयरका खेलाडी अग्रवाल !

जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाल बीमा समितिको फन्दामा पर्ने भएका छन् ।  लगानी निर्देशिका भन्दा बाहिर रहेर सेयर बजारमा लगानी गरेको आरोपमा निलम्बन भएका अग्रवाललाई समितिले स्पष्टीकरण सोध्ने भएको छ । 

समितिले गत शुक्रवार अग्रवाललाई कम्पनीको सञ्चालक सदस्यबाट निलम्बन गरिसकेको छ । ‘नियमनको क्रममा लगानी निर्देशिकाले तोकेको भन्दा बाहिर गएर लगानी गरेपछि केही दिनअघि मात्रा कम्पनी सञ्चालक सदस्य अग्रवाललाई निलम्बन गरेका थियौं । अब छिट्टै यस सम्बन्धमा स्पष्टीकरण पनि सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा आवश्यक प्रक्रिया पूरा गरेर पदमुक्त गर्न सकिने समितिले जनाएको छ । 

समितिको स्थलगत निरीक्षणका क्रममा कम्पनीले लगानी निर्देशिका २०७५ भन्दा बाहिर गएर शेयरबजारमा लगानी गरेको देखिएपछि अग्रवाललाई निलम्बन गरेको थियो । 

समितिले गत चैत २२ र २३ गते कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणको प्रतिवेदनले अग्रवालकै संलग्नतामा लगानीसम्बन्धी अनियमितता भएको समितिले बताएको छ ।

लगानी निर्देशिकाअनुसार बीमा कम्पनीहरूले कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म रकम धितोपत्र बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा लगानी गर्न सक्नेछ । तर, जनरल इन्स्योरेन्सले त्यो सीमाभन्दा माथि गएर लगानी गरेको निरीक्षणको क्रममा देखिएको छ ।

बीमा कम्पनीहरूले तोकिएको लगानीको सीमा प्रत्येक दिन नै कायम हुनुपर्ने छ । तर, गत चैत २३ गतेसम्म कम्पनीले तोकिएको सीमा पनि कायम नहुने गरी लगानी गरेको पाइएको समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

कम्पनीले आव २०७६/७७ को अन्तसम्म कायम टेक्निकल रिजर्भको ६४ प्रतिशतसम्म लगानी गरेको छ । आव २०७५/७६ को अन्तसम्म कायम टेक्निकल रिजर्भको पनि अधिकांश रकम शेयरमा नै लगानी गरेको समितिको भनाइ छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको