Like us!
Follow us!
Connect us!
Watch us!

सुनिलकुमार पोखरेल सिभिल बैंकको कामू सीईओमा नियुक्त

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १७ : ४९ मा प्रकाशित

सुनिलकुमार पोखरेल सिभिल बैंकको कामू सीईओमा नियुक्त

 सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत  (कामु सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।

बैशाख ५ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त कामु सीईओ पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओको पदभार सम्हाल्ने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजीनामा दिएसँगै बैठकले कामु सीईओमा पोखरेललाई नियुक्त गरेको हो । बैठकले सीईओ गुरुङ्गको राजीनामा आगामी बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । 

सिभिल बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुखकार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले बि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र बि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन् ।

गुरुङले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेपरु ३३अर्व ८१ करोड, कर्जा रु ३१ अर्व १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६%, शाखा संख्या ५१ थियोर हाल बैंकको निक्षेप रु ८७अर्व ८९ करोड, कर्जा रु ८१ अर्व ४४ करोड, निष्कृय कर्जा अनुपात १.७०%तथाशाखा संख्या ११४ पुगेको छ । वहाँको कार्यकाल मै यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको