Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र ल्यान्डमर्क फुडस् (बर्गर शाक) बीच सहकार्य

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १८ : २० मा प्रकाशित

कुमारी बैंक र ल्यान्डमर्क फुडस् (बर्गर शाक) बीच सहकार्य

कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमर्क फुडस्बीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतको लागि सो रेस्टुरेण्ट्को विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो । 

सो सम्झौता पत्रमा कुमारी बैंक लि. मार्केटिंग प्रमुख  नवीन मुनि बज्राचाय तथा ल्यान्डमर्क फुडस् तर्फबाट संस्थापक  रोहित श्रेष्ठले हस्ताक्षर गर्नुभयो । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो ।  सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले ल्यान्डमर्क फुडस्का विभिन्न खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको