Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश खाता आयो ? सेयरधनीलाई बैंकको यस्तो आग्रह

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, ०७ : ५९ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश खाता आयो ? सेयरधनीलाई बैंकको यस्तो आग्रह

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात कारोबार गर्न सकिने गरी उक्त बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । 

कम्पनीले १३ प्रतिशत बोनस शेयर बापतको ३९ लाख २१ हजार २४१ दशमलव ६६ कित्ता शेयर चैत ३१ गते नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको थियो । गत पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सम्बन्धित हितग्राही खातामै शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । 

उक्त मिति पश्चात सेयर अभौतिकीकरण गराएकाको हकमा पनि क्रमशस् जम्मा गरिदै जाने भएकाले हालसम्म पनि सेयर अभौतिकीकरण नगराएकाहरुलाई यथाशिघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ । २०७६ साल असोज २७ गतेपश्चात शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले भने १३ प्रतिशत बोनस शेयरमा लाग्ने कर भुक्तानी गर्नुपर्ने भएकाले कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस शेयर जम्मा गरिने समेत कम्पनीको भनाइ छ । 

कर बापतको रकम शेयरधनीहरुले नेपाल इन्भेष्टमेण्ट बैंकको लाजिम्पाट, काठमाडौंमा एनआईबिएल एस क्यापिटल शाइन बोनस ट्याक्स आर्थिक वर्ष २०७६र७७ नाममा रहेको खाता नम्बर ०३६०१०४०२६५५७७ मा जम्मा गर्नु पर्नेछ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको