Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १० : ४० मा प्रकाशित

महालक्ष्मी विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  गत वर्षको सोहि अवधिसम्मको तुलनामा यो नाफा १.५७ प्रतिशतले बढी हो। गत वर्ष सोहि अवधिसम्म बैंकले ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा ०.६४ प्रतिशतले घटेर ५६ करोड २ लाख रुपैयाँमा सिमित भएको छ ।  गत वर्षको सोहि अवधिसम्म ५६ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो  । 

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशतले घटेर १ अर्ब १६ करोड रुपैयाँ भएको छ । गत वर्षको अवधिसम्म बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँको रहेको छ। गत वर्ष जगेडा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.१० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.९० रुपैयाँ रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको