Like us!
Follow us!
Connect us!
Watch us!

सफल मुक्तिनाथ विकास बैंकको लाभांश इतिहास : सेयरधनी हजारबाट लखपति बने !

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १६ : ३३ मा प्रकाशित

सफल मुक्तिनाथ विकास बैंकको लाभांश इतिहास :  सेयरधनी हजारबाट लखपति बने !

मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत विकास बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ४ सय ४६ रूपैयाँ रहेकाे छ । 

बैंककाे ९ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०६८/६९ मा ५० प्रतिशत लाभांश (२२.५ प्रतिशत बाेनस र २७.५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७६/७६ मा १५.५१ प्रतिशत लाभांश (११.२५ प्रतिशत बाेनस र ४.२६ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा ९ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर २ लाख ९४ हजार रूपैयाँ भन्दा  माथी पुगेकाे छ ।  

यस्ताे छ मुक्तिनाथ विकास बैंक लिमिटेड​को ९ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २२.५ प्रतिशत बाेनस र २७.५ प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ७.५ प्रतिशत नगद गरि कूल २७.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३८ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३१ प्रतिशत बाेनस र १.६३ प्रतिशत नगद गरि कूल ३२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३४ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १८.२५ प्रतिशत बाेनस र ०.९६ प्रतिशत नगद गरि कूल १९.२१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १७.६ प्रतिशत बाेनस र ०.९३ प्रतिशत नगद गरि कूल १८.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११.२५ प्रतिशत बाेनस र ४.२६ प्रतिशत नगद गरि कूल १५.५१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.७५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको