Like us!
Follow us!
Connect us!
Watch us!

२४ घण्टामा २३५१ जनालाई कोरोना संक्रमण पुष्टि

अर्थ संसार

बुधबार, ०८ बैशाख २०७८, १६ : २४ मा प्रकाशित

२४ घण्टामा २३५१ जनालाई कोरोना संक्रमण पुष्टि

कोभिड १९को संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा ९ हजार ६ सय ४७ जनाको परिक्षण गर्दा २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ८ हजार ८४४ जनाको पिसिआर विधिबाट र ८०३ जनाको एन्टीजेन परिक्षण गरिएको हो । पिसिआर परिक्षणबाट २ हजार २२० जना र एन्टीजेनबाट १३१ जनामा संक्रमण पुष्टि भएको हो । 

आज काठमाडौं उपत्यकामा १०५१ जनामा संक्रमण देखिएको छ । जसमध्ये भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २८७ जना संक्रमणमुक्त भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको