Like us!
Follow us!
Connect us!
Watch us!

'आइएमई पे'को अफर : नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १४ : ४८ मा प्रकाशित

'आइएमई पे'को अफर : नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ल नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा रू. १ सय जम्मा गर्नुपर्नेछ । 

त्यसमा प्रयोगकर्ताले रू. १ सय नै बोनस रकम तत्काल प्राप्त गर्नेछन् । यसका लागि केवासी फारम भेरिफाइड हुनुपर्नेछ । यसरी प्रयोगकर्ताको ‘आइएमई पे’ मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरयासी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्न सक्नेछन्  । 

यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सक्नेछन् । यी सबै सेवाका लागि ‘आइएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ । यो योजना अप्रील २१ देखि मे २१ (तदनुसार २०७८ वैशाख ०८ गतेदेखि जेठ ०७ गतेसम्म) गरी १ (एक) महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुनेछ ।

स्किमलाई व्यवस्थित ढंगले संचालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । त्यस सम्बन्धि सम्पूर्णाधिकार कम्पनीमा नै निहित हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको